Tuesday, March 29, 2016

रोनाल्डोको निर्णायक गोलले पोर्चुगलले बेल्जियमलाई हरायो

एजेन्सी,चैत १७ । बेल्जियमसँगको मैत्रीपूर्ण फुटबलमा पोर्चुगल विजयी भएको छ । बुधवार बिहान भएको खेलमा पोर्चुगलले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो। २० औं मिनेटमा नानीले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ४० औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । ६२ औं मिनेटमा रामेलु लुकाकुले बेल्जियमका लागि एक गोल फर्काए ।

थप समयमा दुबै टोलीका तर्फबाट कुनै गोल हुन सकेन र पोर्चुगल २–१ ले विजयी भयो। दुवै टिमले युरोक २०१६ सुरु हुनुपूर्व अब तीन वटा मैत्रीपूर्ण खेल खेल्नेछन् । बेल्जियमले अब स्विजरल्याण्ड, नर्वे तथा फिनल्याण्ड तथा पोर्चुगलले नर्वे, इंग्ल्याण्ड र इस्टोनियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts