Wednesday, March 30, 2016

गणेश भए मिस्टर नेपाल

यस वर्षको ‘मिस्टर नेपाल’ को उपाधि कीर्तिपुरका २९ वर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

उपाधिसँगै गणेशले तीन लाख रुपैयाँ पाएका छन् र दुइटा फिल्ममा अभिनय गर्ने अवसर पनि प्राप्त गरेको आयोजक एक्सपोज नेपालले जनाएको छ । मिस्टर नेपालका रूपमा गणेशले यसै वर्ष हुने मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार साँझ भएको प्रतियोगितामा दिप्सन भट्टराई र शशांक पोखरेल क्रमश: फस्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए । दुवै विजेताले विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा १६ वर्षदेखि ३५ वर्षसम्मका युवाको सहभागिता थियो । मौसम कार्की बेस्ट क्याटवाक, मुकेश ज्यापु मिष्टर फिजिक्स, विकास रावल मिस्टर टयालेन्ट, उज्ज्वल श्रेष्ठ मिस्टर चार्मिङ, उमेश केसी मिस्टर फ्रेन्ड्ली, कृष्ण ताम्राकार मिस्टर डिसिप्लेन, सनबास नेपाल मल्टिमिडिया, प्रितु पन्त मिस्टर स्टाइलिस घोषित भए । दिलिप लामाले भ्युअर च्वाइस अवार्ड पाए ।

Source : ekantipur.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts