Wednesday, March 9, 2016

कानुन बनाउने संसद् नै कानुनविहीन

काठमाडौं,फागुन २७ । दलीय स्वार्थ हावी भएपछि मुलुक सञ्चालनका लागि आवश्यक कानुन बनाउने व्यवस्थापिका संसद नै नियमावलीविहीन बन्न पुगेको छ । संसद् सञ्चालनका लागि आवश्यक नियमावली निर्माणमा संसद् उदासीन बन्दा मुलुकका संवैधानिक नियुक्तिहरु नै प्रभावित बन्न थालेका छ । आन्तरिक विवादकै कारण चार पटक सम्म म्याद थपिएको नियमावली मस्यौदा समितिको पछिल्लो पटक वैधानिकतामै प्रश्न उठेको छ ।

नियमावली बनाउन नसकेपछि पछिल्लोपटक थपिएको समितिको म्याद २० फागुनमै सकिएको आजको राजधानी दैनिकमा समाचार छ । तर, म्याद सकिएको एक साता बितिसक्दा पनि न समितिको म्याद थप भएको छ न त समितिले नियमावी मस्यौदा नै तयार पार्न सकेको छ । समितिको म्याद संसद्को पूूर्ण बैठकले मात्र थप नर्ग सक्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts