Sunday, March 27, 2016

बालिकालार्इ प्रेम जालमा फसाएर यौन शोषण!

भद्रपुर, चैत १५ । दुई बालिकालाई छुट्टाछुट्टै प्रेम प्रस्ताव राखी शारीरिक सम्बन्ध राखेको आरोपमा प्रहरीले एकजना युवकलार्इ पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा राजगढ बस्ने २१ वर्षीय मीनकुमार राजबंशी रहेको प्रहरी कार्यालय झापाले जर्नाको छ। उनलाई बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा पक्राउ गरेको झापा प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए। घटनाअनुसार हल्दिबारी चिया बगानमा मजदुरी गर्ने ती दुई बालिका घरबाट आफन्तकोमा घुम्न जान्छु भनी हिडेका थिए। १३ र १४ वर्षीया बालिका साथी हुन्।

हप्ता दिनसम्म पनि घर नफर्किएपछि ती बालिकाका अभिभावकले व्यापक खोजी गर्ने क्रममा उनीहरु १ दिनपछि आइतबार राजगढमा फेला परेपछि बालिकाले आफ्नो प्रेम कथा सुनाएको आधारमा युवक पक्राउ परे।

बालिकाद्वयले दिएको बयान अनुसार राजबंशीले आफ्नो प्रेम जालमा फसाएर भेट्न आउन भनेका थिए। युवक राजवंशी पेसाले चालक हुन्। उनले छुट्टाछुट्टै नाम दिएर फोनमार्फत प्रेम गरेर दुइृ जनालाई विवाह गर्ने आश्वासन दिएका थिए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts