काठमाडौं,चैत १५ । झोल कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलबाट स्याम्पुको बट्टाभित्र कोकिन लुकाइराखेको अवस्थामा दक्षिण अफ्रिकी र अर्की भारतीय महिला पक्राउ परेका हुन् । नेपालमा झोल कोकिन बरामद भएको यो पहिलो पटक भएको प्रहरीले बताएको छ ।
अफ्रीकी नागरिक एमप्याथोनीको साथबाट ३ वटा बट्टामा कोकिन लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीसँगै भारत नागाल्यान्ड घर भएकी मेर्सीको साथबाट एउटा स्याम्पुको बट्टामा कोकिन फेला परेको प्रहरीले जनाएको छ । स्याम्पुको बट्टामा कोकिन फेला परेको नेपालमा पहिलोपटक हो । यसको मूल्य ५ करोड ४० लाख भएको ब्यूरोले जनाएको छ । उनीहरु चैत २ गते दुबई हुँदै ब्राजिल पुगेर चैत ११ गते काठमाडौं आएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment