काठमाडौं,चैत १४ । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति चयन अन्योलमा पर्ने भएको छ । नयाँ संविधानको व्यवस्थाअनुसार दलको विधान परिमार्जन गर्नुपर्ने भएपछि संसदीय दलको निर्वाचनको टुंगो आइतबार मात्र लाग्ने भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
आइतबार विहान ११ वजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने निर्वाचन समितिको बैठकले निर्वाचन तालिकाका साथै संविधानको व्यवस्थाअनुसार विधान संशोधन प्रक्रिया अघि बढाउने छ ।
संविधानअनुसार दलको विधान परिमार्जन गर्नुपर्ने देखिएको छ, केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, प्राविधिक कुरा मिलाएर निर्वाचनको ग्राउन्ड बनाएपछि प्रक्रिया अघि बढ्छ ।
नयाँ संविधानको व्यवस्थाविपरीत संसदीय दल र कार्यसमितिमा विकास क्षेत्रका आधारमा सदस्य निर्वाचित गर्ने व्यस्था छ । त्यसलाई संशोधन गरेर प्रदेशका आधारमा सदस्य निर्वाचित हुने व्यवस्था गर्ने तयारी छ ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।
No comments:
Post a Comment