Wednesday, March 16, 2016

सूर्योदय आ.मा.वि.को शैक्षिक प्रदर्शनी सम्पन्न

काठमाडौं,चैत ३ । काठमाडौंको घट्टेकुलोस्थित सूर्योदय आवासिय माध्यमिक विद्यालयले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । ‘अध्ययनका फरक आयाम, सिकाइका फरक कोण’ अध्ययन, अध्यापन कक्षाकोठाभित्र मात्र सिमित रहँदैन भन्दै फागुन २८ वद्यालय प्राङ्गणमै शैक्षिक प्रदर्शनी गरेको थियो ।

व्यवहारोपरोगी एवम् प्रयोगात्मक सिकाइमा सधैँ विश्वास गर्ने साना वालवालिका देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराएर विज्ञान एवम् वातावरण सम्वन्धि प्रर्दशनीको ग¥यो । प्रदर्शनिको विद्यार्थीका अभिभावक एवम् अन्य व्यक्तिहरूलेसमेत उक्त प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए । विग्रँदो वातावरणलाई कसरी सन्तुलन राख्न सकिन्छ साथै वैज्ञानिक आधारहरूसँगै गाँसिएको जीवन पद्धतिलाई सम्पूर्ण विद्यार्थीहरूले बनाएका र प्रदर्शनमा राखिएका सामग्रीबाट प्रष्ट पार्न खोजिएको थियो ।

विद्यार्थीहरूले बनाएर प्रदर्शनमा राखिएका सामग्री विक्रीमा पनि राखिएको थियो । ‘पढ्नु र प्रत्यक्ष देख्नु अनि भोग्नु सिकाइका फरक पाटा हुन्’ भन्ने कुरालाई प्रदर्शनीले सजीव चित्रण गरेको थियो । उक्त प्रदर्शनीमा सहभागी हुन पाउँदा विद्यार्थी एवम् अभिभावक दङ्ग देखिएको थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts