Friday, March 25, 2016

एकापसमा झगडा नगरी मिलेर अघि बढ्न देउवाको नेविसंघ नेताहरुलार्इ निर्देशन

शुभरामद्वारा जितजंगमाथि कारबाहीको माग, अारोप झुटो हो, मेरो कुनै संलग्नता छैन: जितजंग
आफू निकट विद्यार्थी नेताहरु आपसमा जुधेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तनावमा परेका छन्। पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षका दावेदार रहेका आफू निकट विद्यार्थी नेताद्वय जितजंग बस्नेत र शुभराम बस्नेतको समूहबीचको झडपले पार्टी सभापति देउवा तनावमा परेका हुन्।
काँग्रेस सभापति देउवाले शुक्रबार पुतलीसडकस्थित क्यापिटल अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका शुभरामसँग दुई विद्यार्थी नेता पक्षधरहरुबीचको झडपले आफू तनावमा परेको बताए। अस्पतालको डिलक्स क्याबिन नम्बर २ मा उपचार गराइरहेका शुभरामलाई भेट्नेवित्तिकै देउवाले ‘तिमीहरु कति झगडा गर्छौ’ भनेर प्रश्न गरेका थिए।
चिन्तित मुद्रामा देखिएका पार्टी सभापति देउवालाई उपचाररत् शुभरामले जितजंगमाथि कारवाही गर्न माग गरेका थिए। उनले नेविसंघको अब हुने महाधिवेशनलाई लक्षित गरेर जितजंग समर्थित व्यक्तिहरुले आफूमाथि खुकुरी प्रहार गरेको भन्दै खुकुरी प्रहारमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन देउवासँग अाग्रह गरेका छन्।
शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराममाथि गत बुधबार क्याम्पस परिसरमै आक्रमण भएको थियो। खुकरी प्रहारबाट टाउकोमा चोट लागेका शुभरामको ३५ टाँका लगाइएको छ। सभापति देउवा घटनाको विषयमा जितजंगसँग कुरा गर्ने आश्वासनसहित १० मिनेटपछि अस्पतालबाट बाहिरिएका थिए।
अारोप झुटो हो, मेरो कुनै संलग्नता छैन: जितजंग 
तर, नेता जितजंगले भने घटनामा अाफ्नाे कुनै संलग्नता नरहेकाे स्पष्ट पारेका छन्। सेताेपाटीसँग कुरा गर्दै  बस्नेतले भने,’याे सरासर गलत कुरा हाे। उक्त घटनामा मेराे कुनै पनि किसिमकाे संलग्नता छैन।शंकरदेब क्याम्पस इकाइका विषयमा भएको विवाद र झडपको कुरा मसँग जोडिएको छ। यो झुट्ठा कुरा हो।’
बस्नेतले नेविसंघको महाधिवेशनलार्इ केन्द्रीत गरेर अाफूमाथि झुठ्ठा र कपोलकल्पित अारोप लगाएर नेविसंघको अधिवेशनबाट अध्यक्ष बन्नबाट रोक्न खोजिएको बताए।
Source : setopati.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts