Tuesday, March 29, 2016

विमान अपहरणकारी अर्कै भएको साइप्रसको खुलासा

एजेन्सी,चैत १६ । साइप्रसको विदेश मन्त्रालयले इजिप्ट एयरको विमान अपहरणकारीको नाम सार्वजनिक गरेको छ । उसले अपहरणकारी सइफ इलदिन मुस्तफा भएको बताएको छ । यसअघि अपहरणकारीको नाम इब्राहिम सामाहा भनिएको थियो । स्थानीय सञ्चार माध्यमहरुले उनले आफ्नो पूर्वपत्नीलाई भेट्न चाहेको बताएका थिए ।

अपहरणमा परेको इजिप्ट एयरको विमानका चालक दलका सदस्य र चार विदेशी बाहेक सबै यात्रु रिहा भएको जनाएको केही समयमा नै यस्तो खबर सार्बजनिक भएको हो ।

इजिप्टको अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरणमा परेको थियो । विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरिएको छ विमानमा ५५ यात्रु रहेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts