Sunday, March 27, 2016

दुर्गमका गरिब बिद्यार्थीको लागी नर्वेमा पशुपतिप्रसादको च्यारिटि

ओस्लो, नर्वे । पशुपतिनाथ आसपासमा कोहि कोही लास जलाइरहेका हुन्छन्, कोही हनुमान बनेर घुमिरहेका हुन्छन्, कोही बाग्मतीको फोहरमा डुबेर पैसा टिपिरहेका हुन्छन्, कोही लास पोल्ने दाउरा घिसारिरहेका हुन्छन्, यद्यपि उनीहरू किन र कसरी त्यहाँ पुगे, उनीहरूको सपना के होला ? पशुपतिको दर्शनका लागी पुग्ने भक्तजनहरु त्यसको गहिराइसम्म पुगेर खोज्ने प्रयास गर्दैनन् ।

यिनै पशुपतिनाथ आसपासमा पैसा टिप्नेदेखि लास जलाउनेहरूसँगको अन्तर्कथामा आधारित चलचित्र पशुपतिप्रसादको नर्वेमा च्यारिटि शो गरिएको छ । सामाजिक बिषयबस्तुमा आधारित उक्त चलचित्रको निर्देशन दिपेन्द्र के खनालले गरेका छनु भने खगेन्द्र लामिछानेको कथा रहेको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र पशुपति प्रसादको च्यारिटि हेल्पिङ्ग हेन्ड फर नेपाल ईन नेर्वेले गरेको हो । Vilhelm Bjerkens Hus को हाईभिजनहलमा भएको उक्त च्यारिटिमा २०० जना ओस्लोमा बसोबास गर्ने नेपाली बिद्यार्थी तथा एनआरएनए नेपालीहरुको उपस्थिति रहेको थियो । हेल्पिङ्ग हेन्ड फर नेपाल ईन नेर्वेले सम्पन्न गरेका बिभिन्न गतिबिधिबाट संकलित रकमबाट नेपालको दुर्गम क्षेत्रमा रहेका बिद्यार्थीहरुलाई बिभिन्न सहयोग गर्ने गरेको छ । गत महिनामा सिन्धुपाल्चोकमा रहेका भुकम्प पीडित बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हेल्पिङ्ग हेन्ड फर नेपाल ईन नेर्वेका अध्यक्ष गोरख चन्दले बताउनुभयो । उहाँले मानविय कार्यमा र बिशेषगरी शैक्षिक क्षेत्रमा आफूहरुले बिभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो ।

हेल्पिङ्ग हेन्ड फर नेपाल ईन नेर्वेका सचिव मिसर लामिछानेका अनुसार चलचित्र पशुपति प्रसादको च्यारिटि शोबाट संकलित रकम नेपालका दुर्गम तथा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाई सहयोग गरिनेछ । सचिव लामिछाने आगामि शैक्षिक सत्रको सुरुवातमै उक्त सहयोग गरिने समेत जानकारी दिनुभयो ।

12899970_1275426302472255_201315224_n

फोटो सौजन्य : गणेश सुनार

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts