Thursday, February 4, 2016

कांग्रेसको प्रतिनिधि छनोट आज, तराईका केहीक्षेत्रमा अधिवेशन नहुने

काठमाडौं,माघ २२ । नेपाली कांग्रेसको सबै निर्वाचन क्षेत्रमा आज शुक्रबार हुने भनिएको क्षेत्रीय अधिवेशन तराइका आठ जिल्लामा नहुने भएको छ । तराईका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा आज शुक्रबार क्षेत्रीय अधिवेशन नहुने भएको हो । जनकपुरमा रहेका कांग्रेस संगठन विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले दिएको जानकारी अनुसार यी जिल्लाका केही क्षेत्रमा गाउँ एकाइहरुको अधिवेशन बाँकी रहेकाले केही दिनपछि मात्र क्षेत्रीय अधिवेशन गर्ने छलफल भइरहेको आजको समाचारपत्रमा समाचर छ ।
कांग्रेसको तल्लो निकायको अधिवशनको कार्यतालिका अनुसार आज शुक्रबार क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र सोमबार जिल्ला अधिवेशन सम्पन्न गर्ने भनिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts