काठमाडौं,फागुन ७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणका क्रममा खुसी पार्न विशेष सम्मान दिन भारतीय अधिकारीलाई निर्देशन दिएका छन् । ‘ओलीजीलाई सक्दो खुसी पार्नु भन्ने राष्ट्रपतिको निर्देशनअनुसार नै राष्ट्रपति भवनमा उहाँलाई बस्ने व्यवस्था मिलाइएको हो,’ दिल्लीस्थित कूटनीतिक स्रोतले भन्यो । आजको अन्नपूर्णमा समाचार छ ।
नाकाबन्दीपछिको अवस्थामा ओलीलाई उच्च महत्त्व दिएको देखाएर भारतले मन जित्न खोजेको हुनसक्ने अधिकारीहरुले बताए । भारतले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था मिलाएको छ । विगतमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारतले उच्च सम्मान दिँदै राष्ट्रपति भवनमा राखेको थियो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपालका विभिन्न क्षेत्रमा खर्च हुने गरी कुल ३ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग कार्यान्वयनको विषयले प्राथमिकता पाउने भएको छ ।
Thursday, February 18, 2016
प्रधानमन्त्री ओलीलाई खुसी पार्न भारतीय राष्ट्रपति मुखर्जीको निर्देशन
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment