Saturday, February 6, 2016

साग फुटबलमा नेपाल र भुटानबीचको भिडन्त आज

गुवाहटी,माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित नेपाल भुटानविरुद्ध उत्रदैछ । खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । भुटानलाई पराजित गर्न सके नेपाल समूह बीबाट सेमिफाइनलमा पुग्नेछ ।

त्यसकारण पनि नेपालका लागि भुटानसँगको खेल महत्वपूर्ण छ । नेपाली टोलीमा अधिकांश यु–१९ का खेलाडीरुको बाहुल्यता छ । यसका साथै बंगबन्धु गोल्डकपका सर्वोत्कृष्ट खेलाडी नवयुग श्रेष्ठको साथ पनि टोलीमा छ । यस्तै अनुभवी खेलाडी तथा कप्ता विराज महर्जन, विक्रम लामा र जगजित श्रेष्ठको साथ पनि टोलीलाई रहनेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल ११ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts