Sunday, February 21, 2016

पूरा सिलिण्डर ग्यास बजारमा,सहज हुन भने अझै समय

काठमाडौं,फागुन १० । सरकारले आजदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्न पाउने निर्णय गरेको छ। करिब एक महिनादेखि उद्योगीहरुले पूरा सिलिण्डर भर्न माग गर्दै आपूर्ति मन्त्रालय र निगमलाई पत्राचार गरेसँगै मन्त्रालयले उद्योगीहरुको माग अनुसार पूरा सिलिण्डर ग्यास भर्न आजबाट निर्देशन दिने तयारी गरेको मन्त्रालयले जनाएको छ।

आपूर्ति मन्त्री गणेशमान पुनले आजदेखि सबै उद्योगले भरी सिलिण्डर (१४.२ किलोग्राम) ग्यास भर्नुपर्ने निर्णय गरेका हुन्। यसअघि भारतले गरेको अघोषित नाकाबन्दीमा ग्यासको अभाव कम गर्न आधा सिलिण्डर अर्थात ७.१ किलोग्राम ग्यास भरेर बजारमा पठाइएको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts