Thursday, February 11, 2016

नेपाल नामिबियासँग १५ रनले पराजित

काठमाडौं,माघ २८ । नेपालको सन् २०१८ मा हुने १९ वर्षमुनिको विश्वकपका लागि सोझै छनौट सपना समाप्त भएको छ । १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्तर्गत सातौं स्थानको प्लेअफमा नामिबियासँग १५ रनले पराजित हुदै सिधै विश्वकपमा छानिने सपना सकिएको हो । गएको हप्ता युएईमा बसेको आइसिसीको बैठकले यस प्रतियोगिताको शीर्ष एसोसिएट सदस्यलाई आउँदो विश्वकपका लागि छनौट गर्ने निर्णय गरेको थियो । नेपाल र नामिबिया दुवै आइसिसीका एसोसिएट सदस्य हुन् ।

टस जितेर नामिबिया दिएको २ सय २६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४४ २ ओभरमा सबै विकेट गुमाउदै २१० रन बनाउन सक्यो । नेपालका लागि शंकर राना दुई रन बनाएर आउट भए । सुनिल धमलाले ५९ रन बनाए, कप्तान राजु रिजाल एक रनमै आउट भए । आरिफ शेख ३० रन, दिपेन्द्र सिंह क्षेत्री ३१ रन बनाएर आउट भए । प्रेम तामाङले ३२ बलमा ३२ रन बनाए । नामिबियाका कोद्जे तीन, लिङगेनले चार साथै ज्याकोबले २ विकेट लिए ।
बंगलादेशको फतुल्लाहमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर दुई सय २५ रन बनायो । नामिबियाका लोहान लरेन्सले ५९, माइकल भान लिङगेनले ५८ तथा फ्रान्कोइस राउटेनबाचले ३९ रन बनाए । नेपालका सन्दिप लामिछानेले तीन, सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक एक विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts