Monday, February 8, 2016

नेहा हत्याको रहस्य खुल्यो, यसरी भएको रहेछ हत्या

पोखरा,माघ २५ । १९ बर्षीय नेहा पुनको हत्याबारेको केही रहस्यहरु सार्वजनिक भएको छ । स्थानिय चलचित्रमा समेत काम गरेकी नेताको विभत्स हत्यापछि भइरहेको यसको बिरोधका बिच उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पोखरा न्यूरोडका सतीश खड्गीलाई पक्राउ गरेको हो ।

सतीशले नेहाको यही १८ गते राती हत्या गरेको प्रहरी समक्ष हत्या गरेको स्विकारेको बताइएको छ । घटना अनुसार सतीश राती नेहालाई उनको घर पुर्याउन सँगै गएका थिए । पोखरा लेकसाईड हुँदै नेहाको घर गएका उनिहरुबिच घर नजिक पुगेपछि विवाद भएको थियो । सतिशको भनाई उदृत गर्दै समाधान पत्रिकाले लेखेको छ सतिशले नेहालाई बाटोमा यौन सम्पर्कको प्रस्ताव गरेका थिए ।

नेहाले नमानेपछि सतीशले जर्वजस्ती गर्न थालेपछि नेहाले सतिशलाई जथाभावी गालि गरेकी थिइन् । गाली गरेपछि जथाभावी मुख छाड्छेस भन्दै नेहामाथि खनिएका सतिशले उनको टाउकोमा हेल्मेटले हानेका थिए । ४-५ पटक हेल्मेटले टाउोमा हानेपछि नेहा भुईमा ढलेपछि सतिश त्यहाँबाट भागेका थिए । तर घाइते मात्र भएको ठानेर आफु भागेको भएपनि भोलीपल्ट उनको मृत्यु भएको आफुले समाचार सुनेर थाहा पाएको सतिशले प्रहरीसँगको बयानमा बताएका छन् । सुरुमा पोखरा ईन्द्रचोकसम्म मात्र पुर्याएर फर्केको बताएका सतिशले पछि हत्या आरोप स्विकारेका हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts