Sunday, February 7, 2016

नयाँशक्ति केन्द्रीय बैठकको खर्च विवरण सार्वजनिक ? (खर्च विवरण सहित)

काठमाडौं,माघ २५ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद बैठकमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । ललितपुर धोविघाटको सिद्धार्थ कटेजमा माघ २३ र २४ गते भएको बैठकको खर्च विवरण सार्वजनिक गर्दै सदस्यहरुबाट उठाएको पैसामा ३ हजार रुपैयाँ बचत भएको उल्लेख गरेको छ।

कार्यक्रममा चिया, नास्ता, हलभाडा, जेनेटर सम्पूर्ण खर्च १ लाख २१ हजार रुपैयाँ भएपनि ६ हजार रुपैयाँ छुट दिएको सार्वजनिक खर्च विवरणमा उल्लेख छ। बैठकमा नयाँ शक्तिका २१२ जना सहभागी भएको र उनीहरुबाट जनही ५ सय रुपैयाँको दरले उठाएर तिरिएको विवारणमा उल्लेख छ ।

होटललाई तिर्नुपर्ने बाँकी ९ हजार रुपैयाँ फेरि केही सदस्यहरुले स्वेच्छिक सहयोगबाट दिएका थिए। स्वेच्छिक सहयोग उठाउँदा १२ हजार रुपैयाँ उठेपछि नयाँ शक्तिले सिद्धार्थ कटेजलाई १ लाख १५ हजार रुपैयाँ तिरेर ३ हजार रुपैयाँ बचत भएको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts