Saturday, February 20, 2016

प्रधानमन्त्री भारतमै भएको मौका छोपी पूर्वराजा अचानक दिल्ली आउँदै

काठमाडौं,फागुन ९ । थाइल्याण्ड भ्रमणमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री केपी शर्मा ओली भारतमै भएको मौका छोपी दिल्ली आउने भएका छन् । केही साता अघि थाइल्याण्डमा गएका पूर्वराजा शाह कसैलाई जानकारी नै नदिई गोप्य रुपमा आइतबार दिल्ली आउन लागेको गोप्य स्रोतको दावी गरेको छ । शाह दिल्ली आएर गोप्य राजनैतिक भेटघाट गरी थाइल्याण्ड नै फर्किने कार्यक्रम रहेको छ ।

शाहले दरबार छाड्दा भएको सहमति कार्यान्वयनको बारम्बार आवाज उठाइरहनु र भारतले ओलीलाई उच्च सम्मान दिँदै पूर्वराजालाई बोलाएर गोप्य सहमति गर्न लागेको हुन सक्ने स्रोतले समेत दावी गरेको छ । प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि शुक्रबार देखि भारतमा नै रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts