Friday, February 5, 2016

ओलीको भारत भ्रमण फागुन ७ देखि

काठमाडौं,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन ७ मा सुरु हुने प्रारम्भिक तालिका तय भएको छ । १३५ दिन लगातार नाकाबन्दीपछि रक्सौल वीरगन्ज नाका शुक्रबार केही सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित नेपाली कूटनीतिक नियोगलाई जानकारी गराएको हो ।

‘तालिकाको अन्तिम निक्र्योल अर्थमन्त्री विष्णु पौडेलले आइतबारबाट गर्ने दिल्ली भ्रमणपछि हुनेछ,’ राजदूत दीपकुमार उपाध्यायले भने, ‘तर, पूर्वतयारी अनुसार फागुन ७ मा प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली सोही दिन दिल्ली उत्रनेछन् । प्रधानमन्त्रीले फागुन ८ मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts