Thursday, February 18, 2016

‘अब कांग्रेसमा नेतृत्व लिन सक्ने म मात्र बाँकी छु’- देउवा

काठमाडौं,फागुन ६ । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको १३ औं महाधिवेशनमा आफुले सभापतिमा उम्‍मेदवारी दिने अनौपचारिक घोषणा गरेका छन्। बिहीबार आफ्नै निवासमा पत्रकार बोलाएर देउवाले आफुले आसन्न १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेसमा नेतृत्व लिन सक्ने अब आफुमात्र बाँकी रहेको दावी गरे । पार्टीलाई एकढिक्का बनाउन आफूले मात्रै सक्ने दावी गरे ।

राजाबाटै बर्खास्तीमा पर्ने प्रधानमन्त्री वीपी कोइराला र आफुमात्र भएको भन्दै उनले त्यसलाई विर्सेर प्रजातन्त्र बुझाएको गलत आरोप आफूमाथि लागेको गुनासो गरे । देउवाले आफु कोइराला परिवारकै सदस्य भएको दावी गर्दै जात नमिलेकै कारण बहिस्करणमा परेको गुनासो गरे। ‘नेपालमा राजाबाट बर्खास्त गरिएका प्रधानमन्त्री कि विपी कोइराला हो कि म नै हुँ’ उनले भने । नेपाली कांग्रेसको १३ औं महाधिवेशन यही फागुन २० देखि १३ गते सम्म काठमाडौं हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts