Monday, February 22, 2016

यातायात कार्यालयमा प्रहरीको छापा, २७ जना दलाल पक्राउ

ललितपुर, फागुन १० । ललितपुरको एकान्तकुनास्थित यातायत कार्यालयमा सोमवार प्रहरीले छापा मारेको छ । एकान्तकुना र ताल्छिखेलमा प्रहरीले छापा मारेर ३ महिलासहित २७ जनालाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । कार्यालयको कागजात तथा ढड्डा यातायात कर्मचारीकै मिलेमतोमा दलालहरुले बाहिर ल्याएको अवस्थामा प्रहरीले ढड्डासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले केही मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । कर्मचारीले काममा ढिलासुस्ती गर्ने र दलालहरुको मिलेमतोका भ्रष्टाचार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले छापामा मारेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts