Friday, February 12, 2016

फेरि मिल्यो मधेसी मोर्चा,आठ महिनापछि फेरि एक

काठमाडौं,फागुन १ । आठ महिनाअघि छुटेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फेरि एक भएको छ । जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन हामी आन्दोलनरत सबै पक्ष सहमत भई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नै एकताबद्ध भई अगाडि बढाउने निर्णय गरेका छौं, सात दल सम्मिलित बैठकपछि जारी विज्ञप्तिमा यत्ति एक पंक्ति लेखिएको छ ।

विज्ञप्तिमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारी, नेसपा अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts