Friday, February 5, 2016

क्रिश्चियन धर्मका नाममा मान्छे ओसार्दै एकनाथ ढकाल,के ‘धन्दा’?

अशोक मैनाली -सोल,कोरिया । क्रिश्चियन धर्मका प्रचारक भनेर चिनिएका शान्तीमन्त्री एकनाथ ढकालले धर्म प्रचारका लागी ५० जना भन्दा बढीलाई कोरिया ल्याउन लागेको रहस्य खुलेको छ । यस अघि पनि धेरै पटक धर्म प्रचारका लागी नेपालीहरू लाने र कोरियामा नै छोड्ने गरेका मन्त्री ढकालले यस पटक पनि कयौं नेपालीहरूलाई कोरिया ल्याएर छाड्न लागेका हुन् । क्रिष्चियन धर्मको प्रचारका लागि उनि आवद्द एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट २० जना सांसद सहित अन्य नेपालीहरू लान लागेका थिए । तर २० जना सांसदको जम्बो टोली कोरिया लाने उनको प्रस्ताव भने मन्त्रीपरिषदले अस्विकार गरेको छ । तर उनले अन्य नेपालीहरू भने लाने प्रयास भने जारी राखेका छन् ।काठमाण्डौ स्थित कोरियन दुतावास स्रोतका अनुसार केहिको भिषा लागिसकेको छ । मन्त्रीले ढकालले नेपाल स्थित कोरियन दुतावासबाट भिषा लगाउन कोरियाका ठुला चर्चहरूबाट ‘प्रेसर’दिएको नेपाल स्थित कोरियन दुतावास स्रोतले बतायो । अनावश्यक दवाबका कारण कोरियन दुतावासका अधिकारीहरू समेत निकै तनावमा रहेको स्रोतले बतायो । यता नेपालबाटै फोन गरेर मन्त्री ढकालले’धेरै नेपालीहरू आउंदै गरेको’ भन्दै सोल स्थित नेपाली दुतावासलाई गाडीको व्यवस्था गर्न दवाब दिएको दुतावास स्रोतले बताएको छ । तर परराष्ट्र मन्त्रालयको पत्र बिना गाडीको व्यवस्था गर्न नसक्ने जवाफ मन्त्रीलाई दिएको दुतावासका एक अधिकारीले बताए ।

के हो एकनाथ ढकालको ‘धन्दा’?

क्रिश्चियन धर्मका प्रचारक उनि युनिभर्सल पिस फेडेरेसनमा आवद्द छन् । जसको काम क्रिश्चियन धर्मको प्रचार गर्नु हो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकाल क्रिश्चयनहरूको पैसाको बलमा पटक पटक मन्त्री हुंदै आएका छन् । यसपटक त उनले मोटो रकम प्रधानमन्त्री केपी ओलीलाई बुझाएर मन्त्री बनेको सत्ता सहयात्री हिन्दुवादी दल राप्रपा नेपालका नेताहरूले आरोप लगाउँदै आएका छन् । ढकाल पदमा रहंदा होस् या नरहंदा उनले कोरियामा मानिस ल्याउने र छाड्ने गर्छन् । नेपालका राजनैतिक दलका नेता ,उच्च पदस्त कर्मचारी ,पत्रकार लगायतलाई कोरिया घुमाएर आफ्नो स्वार्थ पुर्ती गर्दै आएका उनले केहि बर्ष अधि अर्थात् (अक्टोबर ७ ,२०१० )मा उपराष्ट्रपती परमानन्द झालाई कोरिया ल्याएका थिए । देशको उपराष्ट्रपती जस्तो पदमा रहेका व्यक्तीलाई सुटुक्क कोरिया ल्याएर उपराष्ट्रपती पद र राष्ट्रकै बेईज्वत समेत गरेका थिए । त्यति बेला उपराष्ट्रपती झाको समेत निकै आलोचना भएको थियो । सबै भन्दा चिन्ताको बिषय यो छ की उनले ल्याउने नेपालीहरू कोरियामा ‘माग्ने ‘काममा सक्रिय छन् ।नेपालको बिभिन्न समस्या देखाएर सडकमा नेपालीहरूलाई माग्न लगाएर रकम जम्मा गर्ने उनको पुरानो धन्दा हो । उनले यसरी माग्न लगाएका केहिलाई त कोरियामा रहेका नेपालीहरूले नै पक्राऊ गरेका थिए । सोल स्थित नेपाली दितावासले पनि यस्ता हर्कत नगर्न सचेत गराउंदै आएको थियो । राजदूत कमान सिंडं्लामाले त ढकालले मान्छे ल्याएर छाड्ने गरेको सार्वजानिक अभिव्यक्ती नै दिएक थिए । राजदूत लामाले यसरी सार्वजानिक अभिव्यक्ती दिनथाले पछि उनले सम्बन्ध राम्रो बनाउन कोरिया आउंदा राजदूत लामाकै घरमै आएर भेट्ने र बस्ने गरेको स्रोतको दावी छ । अहिले त झन् नेपालका भुकम्प पिडितको नाममा पैसा उठाउने बहाना मिलेको समयमा यस्ता कार्यमा प्रसिद्दी हासिल गरेका उनले यस्तो अवसर किन चुकाउंथे र !
तर नेपालको बेईज्व गर्दै आएका उनी पैसाकै भरमा पटक पटक पुरस्कृत हुंदै आएका छन् । ‘हावाबाट बिजुली’ निकाल्ने ‘हावादारी’ भाषण गर्दै हिड्ने प्रधानमन्त्रीले आफ्नै मन्त्रीहरूको यस्तो हर्कत रोके कम्तिमा नेपालको बेईज्व हुनबाट बचाउन सकिन्छ । उता यसरी नेपालको बेईज्वत गर्दै धर्म प्रचारका लागी नेपालीहरू कोरिया लान लागेकोमा हिन्दु युवा जनशक्ति संघ, नेपालले विरोध गरेको छ ।
संघले बिहिबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘ नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियनधर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको र मन्त्री ढकालको यसप्रकारको हर्कतप्रति संघ घोर आपत्ति प्रकट गर्दछ ।’

संघले यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको आरोप लगाएको छ ।
संघले मन्त्री ढकाललाई बर्खास्त गरि कडाभन्दा कडा कारबाही गर्न माग समेत गरेको छ ।
संघका अध्यक्ष विकास ठाकुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग संघ जोडदार माग गर्दछ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts