Tuesday, February 2, 2016

विहारी नेताको अभिव्यक्तिप्रति सरकारद्वारा खेद व्यक्त

काठमाडौं,माघ २० । नेपाल सरकारले भारतको विहार राज्यका नेताहरूले नेपालको आन्तरिक मामला बिर्गाने जस्ता अभिव्यक्ति नदिन आग्रह गरेको छ । विहारका नेताहरूले मधेस आन्दोलनमा आफूहरूको समर्थन रहेको र आन्दोलनलाई सहयोग गर्न १० लाख बिहारीले नेपालमा मार्चपास गर्नेजस्ता अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएसँगै परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो । विहारका नेताहरूले नेपालको मधेस मामलाबारे दिएका अभिव्यक्ति भड्काउपूर्ण र तथ्यहीन भएको बताएको छ। ‘यस्ता अभिव्यक्तिले समस्या समाधानका निम्ति भएका पहललाई सहयोग पुग्दैन‘ विज्ञप्तिमा भनिएको छ। सरकारले दुई देशको सम्बन्धमा नकारात्मक असर पार्ने खालका अभिव्यक्ति नदिन समेत आग्रह समेत गरेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts