Saturday, February 20, 2016

‘राजनीतिक संयन्त्र अस्वीकार्य,ओलीको भारत भ्रमण हर्ष न बिस्मात’-मोर्चा

काठमाडौं,फागुन ८ ।  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन्।  रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संसोधन पनि त्यसरी नै गरियो, सीमांकनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो। यस्तै रबैया जारी रहे मधेसी मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौं।’

ठाकुरले सरकारले अहिले पनि दमनलाई कायम राखेको आरोप लगाए। उनले भने,‘सरकार फेरि दमन, निषेधित क्षेत्र लगाउने, कफ्र्यू लगाउने जस्ता काम गरे हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौं। पहिला पनि सरकारले त्यस्तै ब्यवहार गरेर नाकाबन्दी गरेका हौं।’
उनले सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेकोप्रति आक्रोश पोखे। उनले अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदलेको भए पनि केही दिनमा बसेर शसक्त आन्दोलन लिएर आउने बताए।

‘राजनीतिक संयन्त्र अस्वीकार्य’

ठाकुरले सरकारले आफूहरुको सहमति बेगर गठन भएको राजनीतिक संयन्त्र अस्विकार्य भएको बताए। उनले संयन्त्रलाई संबैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधिमा समेटे संयन्त्रमा सहभागी हुन सकिने स्पष्ट पारे।
उनले भने,‘संयन्त्रलाई संबैधानिक हैसियत दिएर आफूहरुले उठाएका सरोकारलाई कार्यविधिमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन।’

ठाकुरले देशको प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली भारत भ्रमणमा गएकोले स्वागतसम्म ठीकै भएको भन्दै उनको भ्रमण आफूहरुको लागि हर्ष न विस्मात जस्तो भएको टिप्पणी गरे।

उनले दुई प्रधानमन्त्रीको संयुक्त वक्तब्यमा नयाँ कुनै कुरा नभई पुराना विषयमात्रै समेटिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलादेखि भन्दै आएको सबैलाई समेटेर मिलेर अघि बढ्ने कुरा मात्रै गरेको बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts