Sunday, February 14, 2016

यू-१९ विश्वकप क्रिकेटको उपाधि वेष्ट इन्डिजलार्ई

ढाका,फागुन २ । बंगलादेशमा भएको आईसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि वेष्ट इन्डिजले जितेको छ । आज भएको फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेष्ट इन्डिजले यू–१९ विश्वकपको उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजसामु एक सय ४६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३ बल बाँकी छदै उक्त लक्ष्य भेट्टायो । उपाधि दिलाउने क्रममा वेष्टइन्डिजका नटआउट रहेका केसी कार्त्यले १२५ बलको सामना गर्दै ५२ रन बनाए । त्यसैगरी किमो पाउलले ६८ बलमा ४० रनको योगदान दिए ।

सिमरोन हेटमेयर २३ र टेभिन इम्लाचको नाममा १५ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका मयंक डगरले ३, खलिल अहमद र अभेस खानले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेका भारतका लागि सरफराज खानले ५१, राहुल बाथमले २१ तथा महिपाल लोमरोले १९ रन बनाउनु बाहेक अरु ब्याट्स म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेष्ट इन्डिजका अलजारी जोसेफ र रायन जोनले समान तीन तीन तथा केमो पलले दुई विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts