Wednesday, February 17, 2016

फिक्सिङको पर्दाफासपछि नेपाली फुटबलमा नवयुगको आगमन

काठमाडौं,फागुन ६ । बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा पाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर खस्किएको थियो । तर, पछिल्लो तीन महिनामै फुटबलले चामत्कारिक प्रदर्शन गरेको छ ।
महानगरीय अपराध महाशाखाले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो । एएफसीले उनीहरुलाई फटबलमा आजीवन प्रतिवन्ध लगाइसकेको छ । विशेष अदालतमा उनीहरुको मुद्दा विचाराधीन छ ।
अन्तर्राष्ट्रिय बुकीहरुसँग पैसा लिएर नेपाली खेलाडी तथा पदाधिकारीले खेलमिलेमतो गर्दै देशलाई हराउदै आएका थिए । तर उनीहरु प्रहरी अनुसन्धानमा परेसँगै नेपाली फुटवलले जितको खुसी नेपालीलाई दिइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts