Wednesday, February 3, 2016

के चलाईरहेछौ सेक्सी सरकार ?

कुन रङको समयले सेकेर

सुक्दै गरेको पहेलो अनुहार
चाउरिएको चेतनाले
के चलाईरहेछौ सेक्सी सरकार ?

तिम्रा उखान–टुक्काको टाङ फाटेर
ग्यास चुहियो
र,
सिलिण्डर आधा भो ।
तिमीले घिस्स्याईरहेको आधा जुनीजस्तै !

खबरदार !
धेरै अभावको कामुकता नदेखाउ !
हठात बलत्कार हुनुपर्ला !
सडक किनारको ईंटा–ढुङ्गाहरु
तिम्रो निधारमा किस गर्न
आफै उक्किन बल गरिरहेछन !
–मिलनकान्छा किराती

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts