Sunday, February 14, 2016

निगमले झुक्यायो, दिनभर लाइन बस्नेले पाएनन् इन्धन

काठमाडौं,फागुन ३ । नेपाल आयल निगमले शुक्रबारदेखि सबै पम्पबाट तेल वितरण गर्ने सूचना जारी गरे पनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन् । निगमले तीन दिनदेखि सबै पेट्रोल पम्पबाट तेल वितरण गर्ने बताए पनि उपभोक्ताले भने अझै सहज रुपमा तेल नपाएको आजको नागरिक दैनिकमा समाचार छ ।

निगमले पेट्रोल बाँड्ने सूचना जारी गरेपछि सञ्जय सर्भिस सेन्टर, सुन्धारामा लाइन बसेका मनोज कार्की आइतबार साँझ रात छिप्पिएपछि रित्तै घर फर्किए । पेट्रोल पम्प सञ्चालकले थानकोटमा पेट्रोल लोड भएको भन्दै कुराएपछि उनी दिनभर पेट्रोल पाउने प्रतिक्षामा थिए । ‘दिनभर बस्दा पेट्रोल पाइएन, कार्कीले भने,’ हामीलाई तेल दिने भन्दै झुलाउने मात्र काम भयो ।’

आयल निगमले सोमबार दिउँसो १२ बजेसम्म सवै पेट्रोल पम्पलाई ६ लाख लिटर पेट्रोल दिएको बताएको थियो । राजधानीका अधिकांश पेट्रोल पम्पे उपभोक्तालाई झुक्काएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts