Tuesday, February 2, 2016

काठमाडौंका एलडिओसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,माघ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा ३५ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा जिविस काठमाडौंका लेखा अधिकृत यामनारायण शर्मा, स्टोरकिपर चिरञ्जीवी खड्का तथा सप्लायर्सहरू मिथिलेश्वर तिवारी, झम्कप्रसाद गौतम र होमप्रसाद गौतम छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

एलडिओ भट्टराई निलम्बित मुद्दा दायर भएलगत्तै एलडिओ भट्टराईलगायत सबै सरकारी कर्मचारी कानुनतस् निलम्बनमा परेका छन् । अख्तियारले एलडिओ भट्टराई, लेखा अधिकृत शर्मा र स्टोरकिपर खड्काबाट जनही ३५ लाख ६ हजार ६ सय २६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूसँग मिलेमतो गर्ने दीपेश इन्टरप्राइजेजका सप्लायर्स गौतमसँग आठ लाख ९३ हजार दुई सय ७७ रुपैयाँ र सेविका इन्टरप्राइजेजका सञ्चालक गौतमसँग तीन लाख ७८ हजार ६ सय ८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्रिपाल खरिदमा भ्रष्टाचार : अख्तियार अख्तियारका अनुसार गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरूका लागि खरिद तथा संकलन गरिएका राहत सामग्रीमा जिविसका अधिकारीको नेतृत्वमा व्यापक अनियमितता भएको पाइएको छ । अख्तियारले जिविस काठमाडौंले भूकम्पपीडितका लागि वितरण गर्न बढी गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरेको बिल बनाई कम गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरेको प्रमाणित भएको जनाएको छ ।

गुणस्तर कम, बिल बढी यस्तै, त्रिपाल आपूर्ति गर्ने सप्लायर्सहरूसँग सीधै खरिद नगरी विभिन्न एजेन्टसँग मिलोमतो गरी खरिद गरेको अनुसन्धानमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । साथै, त्रिपाल तथा राहतजन्य सामग्रीको आयातमा सरकारले भन्सार छुट दिएको भए पनि जिविसका कर्मचारीले भन्सार शुल्क दाखिला गरी भारतबाट तीन लाख २८ हजार १६ रुपैयाँमा आयात भएको त्रिपाललाई ४३ लाख ७९ हजार सात सय ४५ रुपैयाँ देखाएको अख्तियारको अनुसन्धानमा पाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts