काठमाडौं,माघ २६ । नेपाली कांग्रेससका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको बुधबार मात्र अन्त्येष्टि गरिने भएको छ । बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।
कोइरालाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागि आज दिउँसो सम्म कांग्रेस पार्टी कार्यालयमा र दिउँसोदेखि दशरग रंगशालामा राखिने भएको छ । यस्तै कांग्रेसले ३ गतेसम्म पार्टी र भ्रातृ संगठनका सबै कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय छ ।
No comments:
Post a Comment