Wednesday, January 13, 2016

नाफामा कांग्रेस, गत अार्थिक वर्षमै ९ करोड कमायो

काठमाडौं,पुष ३०। व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पछिल्लो आर्थिक वर्षमा झन्डै ९ करोड रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा कांग्रेसले बुधबार बुझाएको आर्थिक वर्ष २०७१/७२ को आम्दानी र खर्च विवरण अनुसार ८ करोड ५४ लाख १३ हजार पाँच सय ८५ रुपैयाँ ३६ पैसा आम्दानी देखाएको हो । नागरिक दैनिकमा समाचार छ।

कांग्रेसले अघिल्लो आर्थिक वर्षमा तीन करोड ९ लाख १२ हजार ८ सय ६६ रुपैयाँ ६० पैसा आम्दानी देखाएको थियो। जुन गत वर्षभन्दा पाँच करोड ५४ लाख सात सय १९ रुपैयाँ बढी छ। पुस २४ को मितिमा सभापति सुशील कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, मुख्य सचिव ऋषिकेश तिवारी, वरिष्ठ लेखापाल रविन बज्राचार्य र चार्टर्ड एकाउन्टेन्ट अंकुश कुमारद्वारा हस्ताक्षर गरी आयोगमा बुझाइएको प्रतिवेदनमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई आम्दानीको मुख्य स्रोत देखाएको छ।

सदस्यतावापत ६ करोड ६२ लाख १२ हजनार ६ सय २ रुपैयाँ ५० पैसा कांग्रेसले अाम्दानी देखाएको छ। उसले नवीकरणवापत १ करोड ५ लाख २८ हजार ८ सय ४७ रुपैयाँ ७५ पैसा र सदस्यताको ४ करोड ४९ लाख १९ हजार ७ सय ५४ रुपैयाँ ७५ पैसा देखाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts