Friday, January 15, 2016

कोरिया जान नपाएकालाई नेपालमै काम दिने तयारी

काठमाडौं,माघ २ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको कोरियन भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनर्निर्माण कार्यका लागि स्वयं सेवकका रुपमा परिचालन गर्ने प्रस्ताव इपीएस कोरिया शाखाले अघि सारेको छ।

सो शाखाले बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षामा सहभागी भई दक्षिण कोरिया जान नपाएका युवायुवतीलाई अहिले केही समयका लागि मुलुकको राष्ट्रिय पुनर्निर्माण कार्यमा परिचालन गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमक्ष पठाएको हो। राजधानी दैनिकमा समाचार छ – शाखाले प्राधिकरणसमक्ष पठाएको प्रस्तावमा करिव २० देखि ३० हजार अदक्ष श्रमिकलाई स्वयंसेजकको रुपमा छनोट गर्न सकिने उल्लेख छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts