Wednesday, January 6, 2016

महतोको दिल्ली उपचार सकियो, हप्तादिन राजनितीक गरेरमात्र नेपाल फर्कने

काठमाडौं,पुष २२ । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले बुधवार साँझ ५ बजे उनलाई डिस्चार्ज गरेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए।  विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएका महतो गएको शुक्रबार मात्रै धरानबाट उपचारका लागि सिधै दिल्ली गएका थिए । महतो केही दिन दिल्लीमै रहेर आराम गर्ने छन् ।  डिस्चार्ज भएपनि अस्पतालले एक हप्तापछि फलो अपका लागि बोलाएकाले महतो अझै एक हप्ता दिल्लीमै रहने छन्।   दिल्ली बसाईका क्रममा महतोले राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts