रञ्जन कुँवर- सोल । नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाको संयुक्त आयोजनामा कोरियामा दुई दिने नेपाली पत्रकारिता तालिम संचालन हुने भएको छ । आउँदो सलनालको बिदा पारेर कोरियामा रहेरका पत्रकारिताप्रति रुचि राख्ने नेपालीहरुलार्ई तालीम सञ्चालन गर्न लागिएको हो । तालिममा पत्रिका, रेडियो, अनलाइन र टेलिभिजन पत्रकारितामा समाचार बनाउने तरिका र पत्रकारिताबारे आधारभुत ज्ञान दिइनेछ । उक्त तालिममा पत्रकारिता प्रतिको ज्ञानसंगै भविष्यमा मुलधारको पत्रकारिता गर्न सक्ने जनशक्ति उत्पादन गर्न तालिम दिन लागेको हो ।
तालिम दिन नेपालबाट कान्तिपुर दैनिकमा लामो समय डेस्क समाचार सम्पादकको जिम्मेवारी बहन गरेका अखण्ड भण्डारी आउने भएका छन । हाल भण्डारी कान्तिपुर दैनिकका क्रिएटिभ कोर्डिनेटर र सहायक सम्पादक हुन् । कार्यक्रम ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएको छ । तालिम फेब्रुवरी ८ र ९ तारिक संचालन हुने जनाइएको छ ।
२ दिनमा ६ सिफ्ट गरेर संचालन गर्न लागिएको तालिम लिन चाहनेले ५० हजार वन शुल्क तिर्नुपर्ने छ । तालिमबाट नेपाली पत्रकारिताको प्रारम्भिक ज्ञान सिक्न चाहने प्रतिभाहरुलाई सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन ।
तालिममा लिन इच्छुकका साथै कोरियामा कार्यरत प्रमुख र सक्रिय सस्थाबाट अनिबार्य २ जना सहभागी गराउने योजना बनाइएको छ । कार्यक्रम स्थल पछि जानकारी गराइने पनि जनाइएको छ ।
तालिम लिन इच्छुकले शुल्क निम्न बैंक खातामा जम्मा गर्नुपर्ने छ |
shrees magar yam woori bank1002138623350
अथवा याम श्रीस मगर -01025012730 लाई नगद बुझाउन पनि सकिनेछ |
बैंकमा शुल्क बुझाएपछि नाम,ठेगाना र फोन नम्बर सहित [email protected] मेल गरेर वा 01025012730 मा फोन गरेर दर्ता गर्ने
बिस्तृत जानकारीको
देवेन्द्र सम्बाहाम्फे -01083576667
अशोक मैनाली -01048387287
खेम कार्की -01064533050
याम श्रीस मगर -01025012730
रंजन कुवंर – 01065337431
No comments:
Post a Comment