Monday, January 4, 2016

बेलहियाबाट २४ घन्टामै पेट्रोल/ग्यास हटाउन निर्देशन

रुपन्देही,पुष २१ । स्थानीय प्रशासनले रुपन्देहीको बेलहिया क्षेत्रमा अनधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाले सोमबार स्थानीय संघ/संस्था तथा व्यापारीहरुलाई बोलाएर अनधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको राजधानीमा खबर छ ।

प्रहरीले निर्देशन अवज्ञा गरी २४ घन्टाभित्र नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । ‘घरमा राखिएको ग्यास तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन र अब भण्डारण नगर्न आग्रह गरेका छौं’, इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले भने, ‘२४ घन्टाभित्र नहटाए कारबाही थाल्छौं ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts