Sunday, January 3, 2016

उच्चपदस्थ अधिकारीको सुविधाका लागि वार्षिक ३ अर्ब खर्च

काठमाडौं,पुष २० । सरकारी सेवाबाट निवृत्त उच्चपदस्थ अधिकारीका लागि वाषिर्क तीन अर्ब खर्च हुँदै आएको छ । प्रधानन्यायाधीश, प्रधानसेनापति, संवैधानिक निकायका प्रमुखलगायत पूर्व उच्च पदाधिकारीले राज्यबाट दोहोरो सुविधा लिइरहेकाले यस्तो सेवा सुविधा वितरण प्रणाली न्यायोचित हुनुपर्ने सांसदहरुले बताएका छन् ।

राज्यबाट यस्तो दोहोरो सुविधा लिने ३२ जना पदाधिकारी रहेको र उनीहरुका लागि मात्र वाषिर्क तीन अर्ब खर्च हुने गरेको सांसद रामहरि खतिवडाले बताएको अभियान दैनिकमा खबर छ । चालु आर्थिक वर्षमा मात्र सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सनका लागि ४१ अर्ब ६ करोड विनियोजन गरेको छ । सो रकमसमेत गरी राज्यबाट कर्मचारीले पाउने सेवासुविधाका लागि मात्र झण्डै आधा खर्ब रुपैयाँ खर्च हुँदै आएको देखिन्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts