Friday, January 1, 2016

स्वास्थ्य अवस्था सामान्य रहेको महतोलाई थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौ,पुष १७ । जोगवनी नाकामा भएको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको भन्दै थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भएको पारिवारिक श्रोतले जनाएको छ ।
महतोलाई दिल्ली लैजानका लागि केहीबेरअघि काठमाडौं ल्याइएको छ । आजै ४ बजको इन्डियन एयरलाइन्सको जहाजबाट उनलाई दिल्ली लैजाने तयारी भएको सद्भवनाका महासचिव मनिषकुमार सुमनले बताए ।

विराटनगरको गोल्डन अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्मा उपचार गराइरहेका महतोको अवस्था सामान्य रहेको भनिएपनि उनको परिवारले गम्भिर बताउँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts