Saturday, January 23, 2016

हिमपातले अमेरिकाका केही राज्यमा संकटकाल घोषणा, सय बर्षकै बढी हिमपात

होमप्रसाद लम्साल

नर्थ क्यारोलिना । अमेरिकामा हिमपातका कारण केहि राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । हिमपात एक सय बर्षयताको सबैभन्दा बढी हुने बताइएको छ ।

हिमपातकै कारण शुक्रबार र शनिवारका विभिन्न राज्यहरुमा ६ हजार भन्दा बढी अन्तर्राष्टिय उडानहरु रद्द भएको जनाईएको ।

स्टेट अफ वासिडटन डिसीले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै २ फिट बाक्लो हिउँ पर्ने पुर्वअनुमान गरेर संकटकाल घोषणा गरेको जनाएको छ ।

 

अमेरिकाको पुर्वतटीय क्षेत्रमा बढी हिमपात शुरु भएको छ । मेरिल्याण्ड, न्यूयोर्क, डिसी, नर्थक्यारोलिना राज्यहरुले हिमपातको बढ्दो प्रभावलाई मध्यनजर गर्दै संकटकाल लगाउनु परेको जनाएका छन् । यसपटकको हिमपातबाट साँढे ८ करोड मानिस प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

हिमपातका कारण सडक दुर्घटना बढेको छ भने राज्य संयन्त्रले सुचना जारी गर्दै सवारी साधन चलाउदा सावधानी अपनाउन अनुरोध गरेको छ । राजमार्गहरुमा हिमपातमा दुर्घटना भएका गाडीहरु सडकको दायबाँय प्रशस्तै देख्न पाईन्छ ।

Himpat-America

नर्थ क्यारोलिनामा बिहीबार रातिदेखि परेको हिमपात डेढ फिट सम्मपुगेको छ । हिमपातकाकारण नर्थ क्यारोलिनामा शुक्रबार स्कुल, सरकारी कार्यलय र बैकहरु बन्द रहेका थिए । आईतबार सम्म हिमपात पर्ने भएकोले सम्पुर्ण सेवाहरु बन्द रहने स्टेटले जारी गरेको सूचनामा उल्लेख छ ।

बाटोमा हिउँ पन्छाउने डोजरहरु कुदी रहेको देख्न सकिन्छ भने सर्वसाधारण मानिसहरु छिटफुट बाहेक बाहिर निस्किएका छैनन । व्यक्तिहरुले आफ्नो घर अगाडी हिउँ पगाल्न नुन खन्याई रहेको देखिन्छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts