Monday, January 4, 2016

कालोबजारीलाई एमाले सांसदको संरक्षण

काठमाडौं,पुष २१ । व्यवस्थापिका संसदको संसदीय समितिमा कालोबजारी रोक्न कडा रुपमा प्रस्तुत हुने सांसदले नै कालोबजारी गर्ने व्यापारीलाई छाड्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागका कर्मचारीलाई निर्देशन दिने गरेका छन् । वाणिज्य विभागले साल्ट ट्रेडिङ अन्तर्गत धादिङका ग्यास विक्रेता सम्पूर्ण इन्टरप्राइजेज र न्यू उज्जल एन्ड प्रज्वल इन्टरप्राइजेजविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेपछि उनीहरुलाई जोगाउन धादिङका सांसद राजेन्द्र पाण्डे नै लागि परेको खुलेको छ। उनले पटक पटक फोनमार्फत मुद्दा दायर नगर्न निर्देशन दिने गरेका छन् ।

साल्ट ट्रेडिङको उद्योगनजिकै रहेका ती बिक्रेताले सामान्यभन्दा ३४ गुणा बढी ग्यास उठाउने गरेका थिए। पहिले दैनिक ५० सिलिन्डर ग्यास बिक्री गर्दै आएका ती विक्रेताले नाकाबन्दीपछि १७ सय सिलिन्डर लग्ने गरेको वाणिज्य विभागको अनुसन्धानले देखाएको छ।

कारोबार दैनिकमा समाचार छ -विभागले पुस ५ गते उनीहरुलाई पक्राउ गरी कालोबजारी मुद्दा दायर गरेको थियो । त्यसयता सांसद पाण्डेले निरन्तर मुद्दा फिर्ता लिन निर्देशन दिँदै आएको विभाग स्रातले बताएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts