Sunday, January 17, 2016

एमाओवादी छोडेकोमा बाबुरामलाई पश्चाताप

काठमाडौं,माघ ४ । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लागेका बाबुराम भट्टराई नयाँ शक्ति नबन्ने विश्लेषणपछि निराश हुन पुगेका छन् । सोचेजस्तो कार्यकर्ताले साथ नदिएपछि र अपेक्षा गरे अनुरुप नयाँ शक्तिबाट बाह्य शक्तिमा बाह्य व्यक्ति आवद्ध नहुने देखिएपछि उनी निराश भएका हुन् । पूर्व माओवादीका असन्तुष्ट झुण्डहरुलाई बोलाएर कार्यक्रम गरिरहेका भट्टराई पछिल्लो समय आफ्नो राजनीतिक करियरप्रति निक्कै चिन्तित छन् ।

पत्रकारहरुको एउटा टोलीसँग उनले पार्टी परित्याग गर्नुभन्दा पनि जनकपुर जानु गल्ती भएको गुनासो पोखेका थिए । ‘संविधान जारी भएलगत्तै जनकपुर जानु हुदैनथ्यो । त्यो घटना सबैभन्दा ठूलो गल्ती हुन पुग्यो’ भट्टराईले भने, ‘म जे सोचेर गएको थिए, त्यसको ठीक उल्टो भयो ।’

सो घटनापछि तराई मधेसका जिल्लाका लागि तय भएका सबैजसो कार्यक्रम स्थगित गरिएको उनको भनाई छ । संविधान जलाउने शर्तमा जनकपुर पुगेका भट्टराईलाई कालो झण्डा देखाइएको थियो भने उनले व्यापक सुरक्षा घेरामा जम्मा १२ मिेट भाषण दिएका थिए । उनले भाषण गरिरहँदा त्यहाँ नाराबाजी र कालोझण्डा प्रदर्शन गरिएको थियो । आजको तरुण साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts