Friday, January 8, 2016

प्रधानमन्त्री ओलीका ३ महिना : ४० मन्त्री, तर मन्त्रिपरिषद् अझै अपूर्ण

काठमाडौं,पुष २५ ।  २५ पुस अर्थात् शनिबार प्रधानमन्त्रीका रूपमा ओलीले ठ्याक्कै तीन महिना बिताएका छन् । २५ असोजमा प्रधानमन्त्री भएका उनले १ कात्तिक, १९ कात्तिक, २३ कात्तिक र ९ पुसमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४० जना मन्त्री बनाएका छन् । भागबन्डा पुर्‍याउन कृषि मन्त्रालय फुटाएर पशुपक्षी मन्त्रालय गठन गरी त्यसमा पनि मन्त्री र राज्यमन्त्री राख्नेजस्ता काम गरेका छन् । तर पनि उनको मन्त्रिपरिषद् अझै अपूरो छ । साना दललाई भाग पुर्‍याउन अझै केही मन्त्री थप्न बााकी छ ।

तर, यो अवस्था कांग्रेसको कारण आएको उनको भनाइ छ । शुक्रबारको कार्यक्रममा उनले भने, ‘मन्त्रिपरिषद् ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको हो । कांग्रेस सरकारमा आइदिएको भए २०–२५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो । अझै पनि कांग्रेस सरकारमा आउँछ भने यो मन्त्रिपरिषद् सदस्य कटौती गर्न सकिन्छ ।’

नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए । उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे ।
तर, प्रधानमन्त्रीले आश्वासन दिएअनुसार कुनै पनि योजनामा सरकारको तयारी छैन । प्रधानमन्त्री भन्छन्– विपक्षीले थाहा पाउाछन् भनेर सरकारले खुसुखुसु काम गरिरहेको छ । यसबारे उनले शुक्रबार पनि यसो भने, ‘परिणाममा देखिने गरी सरकारले केही विशेष काम गर्दै छ । काम गर्नुअघि यस्तो वा त्यस्तो गरिन्छ भन्दा अवरोध बढी हुँदो रहेछ । अहिले म केही भन्दिनँ, केही समयपछि परिणाममै देख्नुहुनेछ । काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन्, त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्नतिर सरकार लागेको छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts