Sunday, January 3, 2016

झोलुंगे पुल उद्घाटनमा प्रधानमन्त्रीका लागि एकै स्थानमा दुई हेलिकोप्टर

काठमाडौं,पुष २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गिम्दीमा झोलुंगे पुल उद्घाटन गर्न जाँदा दुईवटा हेलिकोप्टर प्रयोग गरे। पहिले सवार सुपर पुमा हेलिकोप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन पुनः सेनाको अर्को हेलिकोप्टर पुगेको थियो । उनी उडेलगत्तै पुमा मर्मतपछि फर्किएको छ।ललितपुरको विकट गाउँ गिम्दी मकवानपुरसँग जोडिएको गाउँ हो।

अन्नपूर्ण पोस्टमा सुवास गोतामे लेख्छन्-तुइन विस्थापनको नीति लिएका प्रधानमन्त्री ओलीले गिम्दीमा झोलुंगे पुल उद्घाटन गरेका हुन्। पुलले ललितपुर र मकवानपुरलाई जोडेको छ। पुल उद्घाटनका लागि दुईवटा हेलिकोप्टर प्रयोग भएपछि प्रधानमन्त्री ओली आलोचित बनेका थिए। अन्य स्थानमा कार्यक्रम सकिएलगत्तै फर्कने प्रधानमन्त्री पुल उद्घाटनपछि अर्को हेलिकोप्टर कुर्नुपरेका कारण करिब एक घन्टा स्थानीयसँग गफिएका थिए।

करिब २५ सय सर्वसाधारणको उपस्थिति रहेको पुल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘अब गरिब र किसानको दिन आएको’ भन्दै सबैलाई दुःख बिर्सिएर मेहेनत गर्न आग्रह गरेका थिए। कार्यक्रम सकाएर पुमामा चढ्ने बेलामा पाइलटले हेलिकोप्टरमा प्राविधिक गडबढी आएको जनाउ दिएपछि सेनाले प्रधानमन्त्री ओलीलाई काठमाडौं ल्याउन एमआई-१७ हेलिकोप्टर पठाएको थियो। उक्त हेलिकोप्टर काठमाडौं आएलगत्तै पुमा काठमाडौं फर्किएको जानकारी सैनिक प्रवक्ता ताराबहादुर कार्कीले दिए । पुल उद्घाटनका लागि सांसद उदयशमशेर राणा, सुशीला नेपाललगायत पुगेका थिए । झोलुंगे पुल डोलिडारले बनाएको हो।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीले भूकम्पपीडितको ख्यालै नगरी हेलिकोप्टर प्रयोग गरेर राज्यको ढुकुटी दुरुप्रयो गरेको आरोप लगाए।उनले भने, ‘भूकम्पपीडित जाडोले मरिरहेका बेला प्रधानमन्त्री हेलिकोप्टर चडेर पुल उद्घाटन गर्न जान मिल्दैन। भौतिक पूर्वाधार मन्त्री छन्। उनलाई नपठाएर किन आफैं जानुपर्ने। हेलिकोप्टर चार्डर गरेको रकमले भूकम्पपीडितको बस्ती नै बन्छ।’स्रोतका अनुसार सेनाको एमआई-१७ को एक घन्टाको भाडा पाँच लाख ६७ हजार नौ सय ५० रुपैयाँ पर्छ भने पुमाको चार लाख ३२ हजार ६ सय ७९ रुपैयाँ पर्छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts