१९ डिसेम्वर २०१५, अमेरिका, टेक्सस।
नेपाली समाज टेक्ससको डिसेम्वर २० तारिखका दिन कडा प्रतिस्पर्धाका विच हुन गइरहेको चुनावका अध्यक्षका प्रत्यासीहरुले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको अन्तिम नामावलि सार्वजनिक गरेका छन ।
Team With A Vision नाम दियिएको अध्यक्षका उम्मेदवार विजय राज भट्टराईका तर्फवाट समाज परिवर्तन को अजेण्डा सहित उपाध्यक्षमा चन्द्र मणि पाण्डे, महासचिवमा भानु खरेल, कोषाध्यक्षमा कपिल अधिकारी का साथै सस्दयहरुमा विनोद विष्ट, संजिव पराजुली, गोपाल प्याकुरेल र सुष्मा चापागाई रहेको टीम प्रस्तुत गरेको छ । भट्टराइकै टीममा रहेका उपमहासचिव सुमन कार्कि, युवा तथा विद्यार्थि संयोजक जुविन राजभण्डारी, महिला संयोजक निलिमा श्रेष्ठ तथा आइटि संयोजक विदुर श्रेष्ठ यस अघि नै निर्विरोध भै सकेका छन ।
“दुरदर्शि सोचका साथ अनुभवी समूहको नारा सहित” अध्यक्षका अर्का उमेदवार कृष्ण लामिछानेको तर्फवाट उपाध्यक्षमा कमल सापकोटा, महासचिवमा कमल सत्याल र कोषाध्यक्षमा डिवस थापा उठेका छन भने सदस्यहरुमा सत्य थापा, सन्तोष विष्ट, सुदिप ढुङ्गाना, प्रेम पाठक, उज्वल सिंह र प्रनय श्रेष्ठ रहेका छन ।
त्यसै गरि सदस्यका उम्मेदवारहरु हरि बिस्ट, सुरज पौडेल र अमर शाह भने कुनै समुहमा छैनन् I अर्का सदस्यका उमेदवार अमृत तिम्सिनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिदै लामिछानेको समुहलाई समर्थन रहेको बताए I
नेपाली समाज टेक्सासले आगामी हुन गैरहेको आफ्नो चुनावको कार्यक्रम स्थल परिर्वतन गरेको छ । जस अनुसार चुनावी कार्यक्रम निर्वाचन कार्यतालिका अनुसार भोलि डिसेम्बर २० तारिख, २०१५ को बिहान ९:०० बजे देखि बेलुका ८ :०० बजे सम्म 535 W Airport Fwy, Suite 110, Irving, TX 75062 (India Bazar Building) मा हुने भएको छ ।
निर्वाचन कमिटि सदस्य डा प्रेम अधिकारीले हिमालय खबर संग कुरा गर्दै पार्किंग लाई ध्यानमा राखी स्थान परिवर्तन गरिएको जनाउनु भयो साथै निर्वाचन मा जाँदा कुनै पनि एलेक्ट्रोनिक्स डिभाइस लग्न पाइने छैन। यसवाट मतदाताहरुमा पर्न गएको असुविधा प्रति नेपाली समाज टेक्सासका पदाधिकारीहरुले दुख प्रकट गरेका छन ।
यो पनि पद्नु होला >>
साभार :हिमालय खबर
No comments:
Post a Comment