काठमाडौं,पुष ५ । प्रधानमन्त्रीको स्वीकय सचिवालयमा रहेर सल्लाहाकारलगायत विभिन्न उच्च पदमा काम गर्ने कसैले पनि अब सुविधाबापत सरकारी गाडी नपाउने भएका छन् । सल्लाहाकारले विभिन्न बाहनामा सरकारी गाडी दुरुपयोग गर्न सक्ने र गाडीको समेत अभाव हुने भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको कुनै पनि सल्लाहाकारलाई सरकारी गाडी नदिने गरी सल्लहाकारको सेवा सुविधासम्बन्धी नयाँ कार्यविधि तयार गरेको छ ।
नयाँ कार्यविधिअनुसार प्रधानमन्त्री ओलीका मुख्य सल्लाहाकार विष्णु रिजाल र प्रेस सल्लाहाकार प्रमोद दाहालले राज्यमन्त्री सरहको सुविधा दिइएको छ । उनीहरुको मासिक तलब ४६ हजार दुई सय २० रुपैयाँ छ । महँगी भक्ताबापत एक हजार पाउँछन् ।
राज्यमन्त्रीसरहको तलब बुझ्ने अन्यमा विज्ञान प्रविधि तथा सामाजिक सांस्कृति सल्लाहाकार अजयक्रान्ति शाह, सुरक्षा सल्लाहाकार प्रकाशबहादुर बस्नेतजनसम्पर्क सल्लाहाकार देवेन्द्र दाहाल र प्रशासनि सल्लाहाकार वसन्तकुमार नेम्वाङ छन् ।
प्रधानमन्त्री ओलीको सल्लाहाकार भई सचिवसरहको सुविधा पाउनेमा वरिष्ठ जनसम्पर्कविज्ञ निरुदेवी पाल, वरिष्ठ राजनीतिक विज्ञ ज्ञानेन्द्र शाक्य, वरिष्ठ सञ्चारविज्ञ चेतन अधिकारी, वरिष्ठ प्रशासनविज्ञ राजेन्द्रप्रसाद यादव र वरिष्ठ वैदेशिक विज्ञ गोपाल खनाल छन् । उनीहरु सबैले सचिवसरह मासिक ४१ हजार एक सय ३० तलब र एक हजार रुपैयाँ महँगी भत्ता पाउनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment