Tuesday, December 1, 2015

तेस्रो मुलुकबाट आएका चार हजार कन्टेनर भारतमा

काठमाडौं,मंसिर १६ । भारतीय अवरोधका कारण कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल पुग्नुपर्ने तीन लाख २२ हजार पाँच सय मेट्रिकटन रासायनिक मल, कोइला र औद्योगिक कच्चा पदार्थ सीमामै रोकिएका छन् । यी सबै सामान बोकेका तीन हजार सात सय ७५ सुक्खा बन्दरगाहमा कन्टेनर रोकिएका हुन् । पछिल्लो साता भारतबाट जम्मा पाँच हजार मेट्रिकटन कोइला, २५ सय मेट्रिकटन मल नेपाल भित्रिएको छ भने औद्योगिक कच्चा पदार्थ भित्रिएको छैन ।
भारतमा सबैभन्दा बढी रासायनिक मल रोकिएको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेका अनुसार एक लाख ५२ हजार मेट्रिकटन रासायनिक मल, एक लाख ४५ हजार मेट्रिकटन कोइला र २५ हजार मेट्रिकटन औद्योगिक कच्चा पदार्थ रोकिएको छ ।

कोलकाताबाट नेपालतर्फ हाल दुई सय २५ कन्टेनर प्रस्थान गरिरहेका छन् । तीमध्ये ७५ ट्यांकर जोगबनी नाका हुँदै र बाँकी काँकडभिट्टा, सुनौली र नेपालगन्जतर्फ ५०–५० कन्टेनर प्रस्थान गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts