Sunday, December 20, 2015

रौतहटमा साढे १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू

रौतहट,पुष ६ । शनिवार देखि असान्त बनेको रौतहटमा पुनः अनिश्चितकालीन कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार बिहान साढे १० बजेदेखि फेरि कर्फ्यू लगाएको हो । जिल्ला सदरमुकाम गौरमा १४ वर्षे किशोरको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले आइतबार अपरान्ह ४ बजेदेखि सोमबार विहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो ।

सोमबार स्थिति सामान्य भएको भन्दै विहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको थियो । आज पनि स्थिति तनावग्रस्त भएकाले थप क्षति हुन नदिन फेरि कर्फ्यु जारी गरेको हो। परिस्थिति असामान्य हुन थालेपछि सोमबार बिहान साढे १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts