Friday, December 11, 2015

तीनबुँदे प्रस्तावले दिल्ली शान्त, मधेसी अशान्त

काठमाडौं,मंसिर २६ । परराष्ट्रमन्त्री कमल थापाले पछिल्लो भारत भ्रमणको क्रममा राखेको तीनबुँदे प्रस्तावले भारत शान्त भए पनि मधेसी दललाई भने यसले सन्तुष्ट पार्न सकेन । तीनबुँदे प्रस्ताव राख्ने क्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न खोजे पनि पाएनन् । तर, बिहान स्वराजको निवासमै पुगेर उपप्रधानमन्त्री थापाले कुराकानी गरे । त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवतस् आश्वस्त भइन् ।

मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो । त्यही बिहान थापा काठमाडौं फर्किए । जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिए । सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts