काठमाडौं,पुष ६ । कांग्रेसको १२ औं महाधिवेशन नजिकिँदै जाँदा शेरबहादुर देउवा आक्रामक, रामचन्द्र पौडेल रक्षात्मक र सुशील कोइराला निद्रामा देखिएको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेर अभियानमा निस्किएका देउवाले यसबीचमा कोइराला पक्षका केही प्रभावशाली नेताहरुलाई आफ्नोतिर तानिसकेका छन् । कोइराला क्याम्पका प्रभावशाली दोस्रो तहका नेतालाई भने अहिले नभई महाधिवेशनको मुखैमा तानेर पदाधिकारीको उम्मेदवार बनाउने रणनीति देउवाको रहेको छ ।
पछिल्लो समय कोइराला पक्षका केन्द्रीय सदस्य तथा वैचारिक नेता चन्द्र भण्डारी देउवातिर लागेका छन् । उनले देउवालाई साथ दिनुको निक्कै ठूलो अर्थ छ । उनी पछिल्लो समय देउवाको अभियानमा छ । सुशील कोइरालाले मनोनित गरेका श्याम घिमिरे समेत सम्पर्क कार्यालय देखिन थालेका छन् । त्यस्तै ललितपुर २ का सांसद् समेत रहेका प्रभावशाली नेता चन्द्र महर्जन मात्र होइन, मोरङ कांग्रेसका सभापति तथा पूर्वका प्रभावशाली नेता तथा सांसद् अमृत अर्याल पनि देउवातिर खुलेका छन् । माथिल्ला नेताभन्दा तलकाहरुसँग जनाधार हुने भएकाले देउवाले पहिले जिल्ला सभापति, प्रभावशाली सांसदहरुलाई आफूतिर तान्ने रणनीति अख्तियार गरेर अगाडि बढेका छन् । देउवाले यसपाली डेढसयदेखि ३ सय मतको अन्तरमा जित्ने रणनीति बनाएको दाबी स्रोतको रहेको आजको साँघु साप्ताहिकमा खबर छ ।
यसपटक देउवार्ला सभापति जिताउने मूल्यमा उनको समूहका सबै नेताहरु त्याग गर्न सामूहिक रुपमा तयार भएकोले उत्साह थपिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । कोइराला पक्षबाट देउवातिर आउने हस्तीहरुमा महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी र गगन थापासमेत छन् ।
No comments:
Post a Comment