Friday, December 11, 2015

एनजीओ र पाँचतारे होटललाई सिफारिसको तेल

काठमाडौं,मंसिर २६ । सरकारी निकायबाट सिफारिस गरिएको इन्धन विभिन्न पाँचतारे होटल तथा एनजीओहरुले लैजाने गरेको पाइएको छ । मंसिरमा मात्रै विभिन्न मुलुकका दूतावास, बैंक, राष्ट्रसंघीय नियोग, गैरसरकारी संस्था, पाँचतारे होटल, गेस्ट हाउस, अस्पतालले सिफारिसको इन्धन लगेका छन् ।

त्यस्तै निर्माण कम्पनी, शिक्षण संस्था, दुग्ध उद्योग, पोल्ट्री व्यवसायी, जलविद्युत आयोजना, सञ्चार गृह, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सिफारिसका आधारमा नेपाल आयल निगमको डिपोबाट चाहिएजति तेल लैजाने गरेको नयाँ पत्रिकामा खबर छ ।

निगमले सिफारिसका आधारमा हरेक दिन विभिन्न कम्पनीलाई इन्धन बाँडेको छ । तर, सर्वसाधारणलाई दसैंअघि एक दिन र तिहार अघि तीन दिन मात्रै वितरण गरेको थियो । त्यसपछि गत मंगलबारबाट निजी सवारीसाधनलाई एक दिन विराएर नम्बरका आधारमा पेट्रोल दिन थालिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts